२९ असार २०८३, सोमबार

टीयूको मुलगेट नजिक सडक छेउको ढलमा खसेर मृत्यु

कात्तिक १०, २०७५
टीयूको मुलगेट नजिक सडक छेउको ढलमा खसेर मृत्यु

काठमाडौं – काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) को मुलगेट नजिकै ढलमा खसेर शनिवार बिहान १ जनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् । 

शनिवार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव निरीक्षक बलराम झाले जानकारी दिए ।

‘उक्त स्थानमा महिनौंदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्