०४ असार २०८३, बिहीबार

सरकारले पुरेन सडकका खाल्डा-  ढलको खाल्डोमा खसेर एक जनाको मृत्यु

कात्तिक १०, २०७५
सरकारले पुरेन सडकका खाल्डा-  ढलको खाल्डोमा खसेर एक जनाको मृत्यु

काठमाडौँ-  काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् । 

आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिनुभयो । 

“उक्त स्थानमा महीनौँदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ”, उहाँले भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्