
चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले पर्वहरुलाई मर्यादित र अनुशासित बनाउन आह्वान गरेको छ । तिहार र छठपर्वलाई मध्येनजर गर्दै यस्तो आह्वान गरेको हो ।
कार्यलयले सार्वजनिक सूचना जारी गर्दै तिहारका बेला राति १० बजेपछि देउसीभैलो नखेल्न भनेको छ । यसैगरी मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण पनि राति ९ बजेपछि नगर्न निर्देशन दिएको छ ।
प्रशासन कार्यालयले राजमार्गका होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसायहरु राति १० बजेसम्म बन्द गरिसक्न भनेको छ । कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण र पैठारी नगर्न प्रशासनले सचेत गराएको छ ।