१९ असार २०८३, शुक्रबार

राष्ट्रपति भण्डारी र कतारका अमीरबीच भेट

कात्तिक १३, २०७५
राष्ट्रपति भण्डारी र कतारका अमीरबीच भेट

कतार – कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमीर शेख तमिम बीन हमाद अल थानी बीच अमीरी दिवानमा भेटवार्ता भएको छ । 

यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमीरी दिवान (कतारी अमीरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । 

भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ।

अमीर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको छ । 

मित्र राष्ट्र कतारका अमीर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ । दीपेन्द्र अधिकारी / रासस

salt training

कमेन्ट गर्नुहोस्