१० साउन २०८३, आइतबार

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

कात्तिक २०, २०७५
राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

पोखरा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताएका छन् । 

पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको आज आयोजित पदक वितरण समारोहमा उनले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताए। 

पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उनको भनाइ छ । 
पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उनले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाए।

नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालमा क्रिकेट खेलको विकासमा जोड दिनुपर्ने बताए। 

प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाई हराउँदै प्रिमियम लिगको उपाधि हासिल गर्न सफल बन्यो । विजेताले रु २७ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेताले रु १० लाखमा चित्त बुझाएको थियो । 

प्रतियोगिताका विजेता, उपविजेता, विभिन्न विधामा उत्कृष्टता हासिल गर्नेलाई उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापा, प्रदेशसभा सदस्यहरूले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

salt training

कमेन्ट गर्नुहोस्