३० जेठ २०८३, शनिबार

काठमाडौं महानगर प्रमुखमा पौडेल नियुक्त

कात्तिक २०, २०७४
काठमाडौं महानगर प्रमुखमा पौडेल नियुक्त
लोकान्तर संवाददाता
काठमाडौं, १८ फागुन– काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा ईश्वरराज पौडेल नियुक्त भएका छन् । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले मंगलवार पौडेललाई महानगरपालिकाको सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव रहेका पौडेललाई केही दिनअघि स्थानिय विकास मन्त्रालयमा ल्याइएको थियो । मंगलवारको निर्णयले उनलाई महानगरपालिकाको जिम्मेवारी सुम्पेको हो ।

पौडेल यसअघि कास्की जिल्लामा स्थानीय विकास अधिकारीसमेत रहेका थिए ।

यद्यपि, उनले महानगरको जिम्मेवारी सम्हालिसकेका भने छैनन् ।

यसअघि सिईओ रहेका रुद्रसिंह तामाङलाई भने स्थानिय विकास मन्त्रालयको वातावरण महाशाखामा तानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्