काठमाडौं, १८ फागुन - त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसहरुको स्ववियू निर्वाचन २ वर्षसम्म नहुने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीले स्थगित क्याम्पसहरुको स्ववियू निर्वाचन २ वर्षपछि मात्रै हुने जानकारी रफत क्लब भक्तपुरले आयोजना गरेको सांक्षात्कार कार्यक्रममा बताइन् ।
त्रिपाठीले स्ववियू निर्वाचन सबै क्याम्पसमा समयमै सम्पन्न गर्न विश्वविद्यालयले गरेको प्रयास विद्यार्थी संगठनकै कारण बिथोलिएको आरोप लगाइन् ।
विश्व विद्यालय अन्तरगतको २ सय वटा क्याम्पसमा मात्रै बुधबार स्ववियू निर्वाचन भएको छ । विश्व विद्यालयका ६० वटा आंगिक क्याम्पसमध्ये बुधबार २२ वटा र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १ हजार ८४ वटा क्याम्पसमध्ये करिव १ सय ५० वटा क्याम्पसमा निर्वाचन भएको छ ।