२१ असार २०८३, आइतबार

नकारात्मक टिप्पणीका बीच आमिरको फिल्मको कमाइ तीन दिनमा सय करोड

कात्तिक २५, २०७५
नकारात्मक टिप्पणीका बीच आमिरको फिल्मको कमाइ तीन दिनमा सय करोड

आमिर खानले पछिल्लो दुई दशकमा फिल्मको सफलतालाई लिएर विशेष पहिचान बनाएका छन् ।

उनी संख्या भन्दा फिल्मको क्वालिटीमा जोड दिन्छन् । साथै फिल्ममा विभिन्न प्रयोग गर्न पनि उनी माहिर छन् । उनको हरेक फिल्ममा एक ‘रिस्क’ हुन्छ । ठग्स अफ हिन्दुस्तानमा बाहेक हरेक फिल्ममा त्यो खतरा सावित भएको थियो । तर ठग्स अफ हिन्दुस्तानमा त्यस्तो देखिएको छैन । 

ठग्स अफ हिन्दुस्तानले एक तर्फ कमाइको रेकर्ड राखेको छ भने अर्को तर्फ फिल्मको कमाइमा पनि भारी गिरावट भइरहेको छ । बक्स अफिसका अनुसार फिल्मले ३ दिनमा १०० करोड पार गरेको छ । 

फिल्मको कमाइको कुरा गर्ने हो भने दुई दिनमा फिल्मले ७० करोड भन्दा धेरै कमाइ गरेको छ । तर पहिलो दिनको तुलनामा दोस्रो दिनको कमाइ आधा घटेको छ । 

पहिलो दिनको कमाइको हिसावमा दोस्रो दिनमा नै फिल्मले १०० करोडको कमाइ पार गर्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेन । 

पहिलो दिन ५०.७५ करोड कमाइ गरेको फिल्मले दोस्रो दिन २८.२५ करोड मात्र कमाइ गरेको छ । हिन्दी भाषामा फिल्मको दुई दिनको कुल कमाइ ७९ करोड र अन्य भाषाको समेत गर्दा ८१.५० करोड कमाइ भएको छ ।

२५० करोडको बजेटमा बनेको फिल्म ५ हजार स्क्रिनमा चलेको छ । यो फिल्मले तेस्रो दिन सम्मा १०० करोड कमाएको बताइएको छ । 

फिल्मका लागि तेस्रो र चौथो दिन निकै महत्वपूर्ण सावित हुनेवाला छ । किनकी अर्को कुनै फिल्म यस बीचमा रिलिज भएको छ । विस्लेषक तरुण आदर्शका अनुसार यदी फिल्मले शुरुका पाँच दिन राम्रो कमाइ गरेको खण्डमा आफ्नो लगानी उठाउन सक्नेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्