×

NMB BANK
NIC ASIA

कोलम्बो प्रोसेस बैठकको तयारी पूरा, १ करोड ४१ लाख खर्च लाग्ने

कात्तिक २६, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं –श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा हुने कोलम्बो प्रोसेसको उच्च अधिकारी र मन्त्रीस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा गरेको छ । 

Muktinath Bank

यही कात्तिक २९ र ३० गते (बिहीवार र शुक्रवार) काठमाडौंमा हुने संयुक्त बैठक –कोलम्बो प्रोसेस) को सम्पूर्ण तयारी पूरा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सहभागी हुन ११ देशका श्रम मन्त्री तथा उच्च सरकारी अधिकारीहरू नेपाल आउँदैछन् । बैठकको अध्यक्षता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गर्नेछन् ।
बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले कोलम्बो प्रोसेसको बैठकमा सहभागी राष्ट्रहरूबीच साझा द्विपक्षीय श्रम सम्झौता सहितको काठमाडौं घोषणापत्र जारी हुनेगरी एजेण्डा समेत तयार पारिसकेको छ ।

Vianet communication

कात्तिक ३० गते मन्त्रीस्तरीय बैठकमा १२ देशका मन्त्रीसँगको बैठकमा कामदारको करारपत्र एउटै किसिमको बनाउन प्रस्ताव गर्ने तयारी भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

बैठकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, चीन, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनामका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन् ।

कोलम्बो प्रोसेस बैठक आयोजनाका लागि १ करोड ४१ लाख १५ हजार ८ सय रुपैयाँ खर्च लाग्ने मन्त्रालयको अनुमान छ ।

के हो कोलम्बो प्रोसेस ?

कोलम्बो प्रोसेस वैदेशिक रोजगारमा कामदार पठाउने राष्ट्रहरूको साझा मञ्च हो । कोलम्बो प्रोसेसमा अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श हुने गर्दछ । सन् २००३ मा श्रीलंकामा आयोजना भएको लेवर माइग्रेसन मिनिस्टेरिल कन्सलटेन्स फर कन्ट्रिज अफ ओरिजिन इन एसिया विषयक कार्यक्रमको उपजको रूपमा कोलम्बो प्रोसेसको स्थापना भएको थियो । 

अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा कोलम्बो प्रोसेसमा आवद्ध राष्ट्रहरूले एकआपसमा छलफल गर्ने गर्छन् ।

मन्त्रीस्तरीय बैठकबाट कोलम्बो प्रोसेस परिचालित हुन्छ । वार्षिक रूपमा बस्ने बैठकमा सहभागी देशका मन्त्रीले विभिन्न सिफारिस र कार्य योजनामाथि विचार विमर्श गर्ने गर्छन् । साथै लोकम्बो प्रोसेस बैठकमा सदस्य मुलुकहरूले अघिल्ला बैठकमा घोषणा भएका विषयवस्तुको कार्यान्वयनको समीक्षा समेत गर्छन् । नेपालले २०१७ मार्च २९ देखि कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।

कोलम्बो प्रोसेसको फोरमको प्रयोग

वैदेशिक रोजगारका क्षेत्रमा आ–आफ्ना अनुभव र सिकाइहरूको आदानप्रदान गर्न ।

वदेशिक रोजगारमा कामदारका साथसाथै कामदार पठाउने मुलुक एवं प्राप्त गर्ने मुलुकले भोग्नु परेका समस्यका विषयमा व्यावहारिक सामाधान प्रस्ताव गर्न ।

वैदेशिक रोजगारबाट प्राप्त हुने लाभको प्रबद्र्धन गर्दै गन्तव्य मुलुकहरूसँगको संवादलाई प्रभावकारी तुल्याउन ।

सुझाव कार्यान्वयनको अनुगमन र समीक्षा गर्दै चालिनु पर्ने थप कदमका विषयमा सल्लाह र सुझाव उपलब्ध गराउन ।

कोलम्बो प्रोसेसका प्राथमिकता

वैदेशिक कामदारहरूको हक, अधिकार, सुविधाको संरक्षण

नयाँ गन्तव्य बजारको खोजी, विप्रेषण प्रवाहको बढोत्तरी जस्ता विषयको सवलीकरण

क्षमता विकास, तथ्याङ्क संकलन र राष्ट्र–राष्ट्रबीचको सहकार्य
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x