२१ असार २०८३, आइतबार

अमेरिकामा अर्को गोलीकाण्ड : दुईजनाको मृत्यु, चारजना घाइते

कात्तिक २६, २०७५
अमेरिकामा अर्को गोलीकाण्ड : दुईजनाको मृत्यु, चारजना घाइते

काठमाडौं —  अमेरिकाको टेनेसीमा रहेको रालेमा जुवा खेल्ने क्रममा भएको झगडामा गोली चल्दा दुईजनाको गोली लागेर मृत्यु भएको छ भने चार अन्य घाइते भएका छन् ।

मृत्यु हुनेमा मार्कस कनवे र मार्किज टेलर छन् । 

एउटा घरमा जुवा खेल्दै गर्दा झगडा चर्किएपछि गोली चलेको अधिकारीहरूले बताएका छन् ।

घटनाका बारेमा सोमवार थाहा भएको थियो । गोली लागेका पाँचजना व्यत्तिल अस्पतालमा भर्ना हुन आएको रिपोर्ट अधिकारीहरूले पाएपछि घटनाको जानकारी पाइएको थियो । 

अधिकारीहरू घटनास्थलमा आउँदा एकजनालाई मृत अवस्थामा भेटे भने अर्का व्यक्तिको मृत्यु अस्पतालमा भयो । 

मृत्यु हुने र घाइते हुने सबै ६ जना २१ वर्षमुनिका थिए । तेह्र वर्षीय एक बालकलाई लेबोन्हेउर बाल अस्पतालमा भर्ना गरिएको छ । उनलाई गम्भीर चोटपटक लागेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्