काठमाडौं, १९ फागुन — केही महिनाअघि पाकिस्तानी चायवाला र नेपाली तरकारीवाली इन्टरनेटमा भाइरल भएका थिए । पाकिस्तानका अर्शद खान र नेपालकी कुसुम श्रेष्ठलाई उनीहरूको सुन्दरताका लागि इन्टरनेट प्रयोगकर्ताले भाइरल बनाएका थिए ।
उनीहरूले यसैबाट फाइदा उठाएर मोडेलिङ गर्ने मौका पनि पाए ।
तर अहिले आएर सानी चियावाली नेपाली नानीको तस्वीर इन्टरनेटमा भाइरल हुन थालेको छ । काठमाडौंको वसन्तपुरमा चिया बेच्ने प्रतीक्षा खड्काको तस्वीर आजकल भाइरल भएको हो ।
चियावाली नानीका तस्वीरहरू नेपाल र भारतका फेसबूक प्रयोगकर्ताहरूमाझ प्रसिद्ध भएको छ ।
क्युट हुनुका अलावा यी नानी पढ्नमा पनि तेज छिन् । तर आर्थिक अभावका कारण उनी सडकमा चिया बेचेर गुजारा चलाउन बाध्य छिन् ।
यी नानीको सुन्दरता र प्रतिभालाई विश्वसामु चिनाउन भिडियो बनाएर युट्युबमा समेत हालिएको छ ।