काठमाडौं, ३० मंसिर –चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ पर्यटक बढाउन महत्वपूर्ण काम गर्नुपर्ने बताए ।

बेइजिङमा नेपाली राजदूतावासले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नवनियुक्त राजदूत पौडेलले नेपालको पर्यटन उद्योग विकासमा तीनवटा पक्षलाई ध्यान दिनुपर्ने बताए । प्रकृति, साहसिक पर्यटन र संस्कृतिक पक्षलाई ध्यान दिनसकिए नेपालमा पर्यटकको बृद्धि गर्न सकिने पौडेलले बताए ।
नेपाल हिमश्रंखला, ध्यान र अध्यात्मको के्रन्द्र रहेकोले भ्रमणबाट पर्यटक सन्तुष्ट हुने उनको भनार्इ थियो ।
नेपाल र चीनबीचको लामो सम्बन्धका कारण पनि चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन सकिने पौडेलको भनाइ थियो ।
छलफलमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी प्रतिनिधको सहभागिता थियो । त्यसक्रममा नेपालबारे दुई भिडियो प्रदर्शन गरिएको थियो ।