३१ असार २०८३, बुधबार

जनकपुरको सट्टा जनकपुरधाम लेख्न जिल्ला प्रशासनको परिपत्र

कात्तिक २०, २०७४
जनकपुरको सट्टा जनकपुरधाम लेख्न जिल्ला प्रशासनको परिपत्र
जनकपुरधाम, १९ फागुन –जनकपुरको सट्टा जनकपुरधाम अनिवार्य रूपमा लेख्न लगाउनका लागि सबै निकायमा परिपत्र पठाउन आग्रह गरिएको छ ।
प्राचीनकालदेखि नै जनकपुरधामको नामले प्रख्यात रहेकामा केही वर्षदेखि प्रशासनिक, व्यावसायिक, सरकारी र गैरसरकारी प्रतिष्ठान र विद्यालयले जनकपुर लेख्दै आएका कारण यसको पहिचानमाथि नै प्रहार भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सो आग्रह गरेको हो ।

विसं २०२३ भदौ १३ गते ‘नेपाल गजेट भाग–४, श्री ५ सरकारद्वारा प्रकाशित गृह पञ्चायत मन्त्रालय’को सूचनामा ‘जनकपुर नगर पञ्चायत क्षेत्रभित्रको इलाकालाई अब उपरान्त जनकपुरको सट्टा जनकपुरधाम नामकरण गर्ने’ भनी सर्वसाधारणलाई जानकारीसमेत गराइएको र त्यसपछि जनकपुरधाम लेखिँदै आएकामा केही वर्षदेखि सरकारी निकायबाट नै जनकपुर लेखनको क्रम बढेको र सोको नकारात्मक प्रभाव अन्य क्षेत्रमा परिरहेको प्रति ध्यानाकर्षण गराइएको छ ।

‘गौ संरक्षण मञ्च’ नामक संस्थाले आज जिल्ला प्रशासन कार्यालय धनुषालाई राजपत्रमा उल्लेख भएको सरकारी निर्णयलाई सबै निकायमा कार्यान्वयनका लागि ज्ञापनपत्रमार्फत आग्रह पनि गरेको छ ।

जनकपुर लेख्ने चलनले संस्कृति र संस्कार बिगार्ने कार्य भइरहेको जनाउँदै मञ्चका अध्यक्ष जगदीश महासेठले जनकपुरधामको संस्कृति रक्षाको पहल गर्न समेत आग्रह गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्