२२ असार २०८३, सोमबार

पाकिस्तानको ओराकजाईमा आत्मघाती आक्रमण, २५ जनाको मृत्यु

पाकिस्तानको ओराकजाईमा आत्मघाती आक्रमण, २५ जनाको मृत्यु

काठमाडौं — पाकिस्तानको ओराकजाई ट्राइबल जिल्लास्थित कलाया बजार क्षेत्रमा शुक्रवार भएको बम विस्फोटनमा २५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार, यो आत्मघाती आक्रमण हो र एक इमामाबाडानजिक भएको हो । घाइतेहरूलाई कोहतमा रहेको केडीए टीचिङ अस्पताल लगिएको छ । 

सुरक्षा स्रोतले बताएअनुसार, उद्धार र खोजी कारवाही चलिरहेको छ । 

प्रधानमन्त्री इमरान खानले तल्लो ओराकजाई क्षेत्रमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।

आजै कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा आतंकवादी आक्रमण हुँदा दुई सुरक्षाकर्मी र दुई आतंकवादी गरी चारजनाको मृत्यु भएको हो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्