२१ असार २०८३, आइतबार

‘ए’ डिभिजन लिग : चौथो चरणका खेल मंसिर १० देखि

‘ए’ डिभिजन लिग : चौथो चरणका खेल मंसिर १० देखि

काठमाडाैं-  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो चरणका खेल सकिएका छन् । मंसिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् । सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । 

दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्