३० असार २०८३, मंगलबार

प्रियंकाको विवाहमा भारतीय प्रधानमन्त्री मोदी जालान् ?

प्रियंकाको विवाहमा भारतीय प्रधानमन्त्री मोदी जालान् ?

पछिल्लो केही दिनमा प्रियंका चोपडा तथा निक जोनस राजधानी दिल्लीमा छन् । प्रियंका आफ्नो फिल्म द स्काई इज पिंकको शुटिङमा रहेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार निक जोनस प्रियंकाका साथ आफ्नो विवाहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्न सकियोस् भन्नका लागि केही दिनदेखि दिल्लीमा रहेका हुन् । 

एक मिडिया रिपोर्टमा स्रोतलाई उल्लेख गर्दै लेखिएको समाचारमा निकले प्रधानमन्त्री मोदीलाई विवाहमा बोलाउन खोजेको उल्लेख गरिएको छ । तर प्रियंका र निकले प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न सफल भएकी भएनन् भन्ने उल्लेख गरिएको छैन । विवाहमा सहभागी हुनका लागि निमन्त्रण भने प्रधानमन्त्री मोदीसँग पुगेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आफ्नो व्यस्त कार्यतालिकाका बीचमा प्रधानमन्त्री नेरेन्द्र मोदी प्रियंका निकको विवाह कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

समाचारहरुका अनुसार निक प्रियंकाको विवाह डिसेम्बर १ मा जोधपुरको उम्मेद प्यालेसमा हुँदैछ । शनिवार राति निक तथा प्रियंका मुम्बइ पुगेका छन् । उनीहरु दुबै जना विवाहको तयारीमा निकै व्यस्त बनेका छन् । उनीहरु विवाहको केही दिन पहिला मात्र जोधपुरका लागि जाने छन् । 

२ डिसेम्बरमा निक र प्रियंकाको विवाह क्रिश्चियन परम्परा अनुसार पनि हुनेछ । त्यसको एक दिन अघि उनीहरुको विवाह हिन्दू संस्कार अनुसार हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्