विराटनगर –भारतको मणिपुरमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ ।
प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले १८ वटा स्वर्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागी प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको नेपालका टीम म्यानेजर रितेश श्रेष्ठले बताए ।
नेपालका तर्फबाट कृष्णकुमार श्रेष्ठले स्वर्ण जिते । यसैगरी गणेश श्रेष्ठ, पूर्णबहादुर राई, विनय रसाइली र मुकेस मल्लिकले एक-एक स्वर्ण हात पारे ।
नेपालकी दिलकुमारी श्रेष्ठले भने २ वटा स्वर्ण जितिन् । उनले दुवै स्टाइलमा स्वर्ण जितेको प्रमुख प्रशिक्षक छत्रबहादुर अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा नेपालका कृष्णकुमार तामाङ वेष्ट फाइटर घोषित भए । प्रतियोगिता मंसिर ६ गतेबाट शुरू भएको थियो ।