२२ असार २०८३, सोमबार

मोजाम्बिकमा आतंकवादी आक्रमण हुँदा १२ जनाको मृत्यु

मोजाम्बिकमा आतंकवादी आक्रमण हुँदा १२ जनाको मृत्यु

काठमाडौं — अफ्रिकी मुलुक मोजाम्बिकको उत्तरी भागमा इस्लामी आतंकवादीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रका गाउँहरूबाट हजारौं मानिस छिमेकी मुलुक तान्जानियातिर भागिरहेका छन् । 

प्रहरी स्रोतले आइतवार जनाएअनुसार, शुक्रवार सखारै नान्गाने जिल्लामा आक्रमण भएको थियो । त्यहाँ सुरक्षा गर्ने गस्तीहरू हिँड्दैनन् । आक्रमणकारीहरूले १२ जनालाई मारे र तीमध्ये अधिकांश महिला र बालबालिका थिए । 

आक्रमण चिकुआइया भेल्हा गाउँमा भएको हो । त्यो तान्जानियाभन्दा केही किलोमिटर मात्र पर छ । आक्रमणपछि हजारौं मानिस सुरक्षा खोज्दै सीमा पार गरिरहेको प्रहरीले बताएको छ । 

एक स्थानीय पत्रकारका अनुसार, गाउँलेहरूलाई धारिलो हतियारले आक्रमण गरिएको थियो अनि उनीहरूको घरमा आगो लगाइएको थियो । 

अधिकारीहरूले २०० जनालाई शंकाका आधारमा पक्राउ गरेका छन् । 

विगत एक वर्षदेखि उक्त क्षेत्रमा उग्रपन्थी इस्लामीहरू सक्रिय छन् । राजधानी मापुतोमा रहेको सरकारले उक्त प्रान्तमा तेल र ग्यास उत्खनन कार्यक्रम अघि बढाउन खोज्दा यो आक्रमणको सिलसिला शुरू भएको हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्