२१ असार २०८३, आइतबार

रक्सी र चुरोट माफियाले अस्ट्रेलियाको राजनीतिमा प्रभाव जमाएको आरोप

मंसिर १०, २०७५
रक्सी र चुरोट माफियाले अस्ट्रेलियाको राजनीतिमा प्रभाव जमाएको आरोप

काठमाडौं — स्वास्थ्यविज्ञहरूले अस्ट्रेलियाको राजनीतिमा मदिरा, जुवा र सूर्ती उद्योगले ठूलो प्रभाव जमाएको चेतावनी दिएका छन् । 

ड्रग एन्ड अल्कोहल रिभ्युमा प्रकाशित एक नयाँ अध्ययनअनुसार यी उद्योगहरूले अस्ट्रेलियाका प्रमुख दलहरूलाई सन् २००६ देखि २०१५ सम्म कम्तीमा १ करोड २० बीस डलर चन्दा दिएको पाइयो ।

मदिरा र जुवा उद्योगहरूले विशेषगरी अल्पकालमा निर्णय प्रभावित पार्न अनि दीर्घकालमा सम्बन्ध बनाउन ठूलै चन्दा सहयोग गरेको अध्ययनमा उल्लेखित छ । 

मदिरामाथि कर लगाउने र जुवा सम्बन्धी कानून सुधार गर्ने बहस चल्दा यी क्षेत्रहरूले ह्वात्तै चन्दा बढाएको पाइएको छ । 

मदिरा उद्योगको चन्दा सन् २००८ र २००९ मा बढेको थियो । त्यतिखेर अल्कोपप्स विधेयकमाथि छलफल चलिरहेको थियो । अनि जुवातासमा ठूलो अनुसन्धान चल्दै गर्दा लेबर पार्टीलाई त्यही अवधिमा जुवा उद्योगले चन्दा बढाएको थियो । 

निर्वाचनअघि मदिरा उद्योगले चन्दा ह्वात्तै बढ्ने गरेको पनि अध्ययनले पायो । 

लेबरले सन् २००४ मा सूर्ती उद्योगको चन्दामा प्रतिबन्ध लगाएको थियो भने सन् २०१३ मा लिबरल दलले पनि त्यस्तै प्रतिबन्ध लगायो । तर नेसनल पार्टी र अन्य साना दलले यसलाई अपनाएका छैनन् । 

अनुसन्धानकर्ताहरूले राजनीतिकर्मी, पूर्व राजनीतिक कर्मचारी तथा अन्य प्रमुख सूचनादातासँग अन्तर्वार्ता लिएका थिए ।

एसबीएसबाट

salt training

कमेन्ट गर्नुहोस्