३० असार २०८३, मंगलबार

प्रतिवन्धित भारु सटहीमा भारत सकारात्मक

कात्तिक २०, २०७४
प्रतिवन्धित भारु सटहीमा भारत सकारात्मक
काठमाडौं, फागुन २० –भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रतिवन्धित १ हजार र पाँच सय दरका भारतीय नोटको सटही सुविधा चाँडै प्रदान गर्ने बताएका छन् ।
केही समयअघिको भारतीय सरकारको घोषणा बमोजिम नेपालमा पनि स्वतः प्रतिवन्धित रहेका १ हजार र ५ सय दरका भारु नोटको सटहीका लागि दुवै देशका केन्द्रीय बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने जेट्लीले बताए ।

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आएका भारतीय अर्थमन्त्री जेट्लीले शुक्रवार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेपालको आर्थिक विकासको चाहनामा भारतले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए ।

पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारणलाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत् नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने अर्थमन्त्री जेट्लीले प्रतिवद्धता जनाए । उपक्षेत्रीय सहयोग सञ्जाल बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल)ले त्यसतर्फ काम अघि बढाएको उल्लेख गर्दै यसले क्षेत्रीय समृद्वि हासिल गर्न सहयोगी हुने जेट्लीको भनाई छ ।

पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको सन्दर्भ उल्लेख गर्दै जेट्लीले नेपालले लगानीको वातावरण सुधार गर्दै लगेकाले आगामी दिनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने विश्वास व्यक्त गरे ।

भारतीय अर्थमन्त्री जेट्लीले शुक्रवारै उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग द्विपक्षीय सहयोग तथा भारतीय लगानी विस्तारका सम्बन्धमा छलफल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्