०२ साउन २०८३, शनिबार

चैत १० गतेदेखि एसइई परीक्षा, तालिका सार्वजनिक

मंसिर १३, २०७५
चैत १० गतेदेखि एसइई परीक्षा, तालिका सार्वजनिक
फाइल तस्बिर

भक्तपुर–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ । 

बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । 

बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ । 

चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । 

त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्