
फ्रान्स– फ्रान्समा इन्धनको मूल्य बढाएको विरोधमा जारी आन्दोलन हिंसात्मक बनेको छ । विरोधमा तीन सातादेखि विरोध प्रदर्शन जारी छ ।
हरेक सप्ताहन्तमा मध्य पेरिसमा हुने एल्लो भेष्ट र्यालीका क्रममा गएराती प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो । झडपका क्रममा १७ सुरक्षाकर्मी सहित १ सय १० जना घाइते भएका छन् । २ सय ७० जनालाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।
इन्धनको मूल्य माथि लगाईएको करका कारण महंगी बढेको विरोधमा स्थानीयहरु आन्दोलित भएका हुन् । ७५ हजार भन्दा बढी फ्रान्सेली आन्दोलनमा सहभागी भएको फ्रान्सको अन्तरिम मन्त्रालयले उल्लेख गरेको छ । आन्दोलनका क्रममा पेरिसमा रहेका ६ वटा भवनमा आगजनी भएको छ ।