झापा, २१ फागुन - नेकपा( एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु हुँदै छ ।

झापा क्रान्तिअन्तर्गत पक्राउमा परेका पाँच जनालाई झापाको सुखानीमा हत्या गरिएको दिन पारेर अभियान सञ्चालन गर्न लागिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेताहरुले बिहान ८ बजे झापाको सुखानीमा सहिदको सालिकमा माल्यार्पण गरेपछि १० बजे काँकडभिट्टाबाट अभियानको शुभारम्भ हुने बताइएको छ ।
तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ ।
र्याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।
अभियान १५ दिनसम्म चल्नेछ |