×

NMB BANK
NIC ASIA

छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकलाई दुई वर्ष अनिवार्य जिल्ला अस्पतालमा खटाइने

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंसरकारले छात्रावृत्तिमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई दुई वर्षका लागि करारमा खटाउने भएको छ । 

Muktinath Bank

सरकारी छात्रावृत्ति प्राप्त गरी सरकारी शिक्षण संस्थामार्फत् एमडी अध्ययन सकेका विशेषज्ञ चिकित्सकलाई दुई वर्षका लागि करार सेवामा खटाउन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी शिक्षण संस्थामा छात्रावृत्ति प्राप्त चिकित्सकको विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमा उनीहरूको सेवा अवधि ५ वर्षको हुने व्यवस्था छ । तर डा. गोविन्द केसी लगायत चिकित्सकहरूले छात्रावृत्तिमा पढेका चिकित्सकको करार अवधि घटाउन माग गर्दै आएका थिए । 


Advertisment
Nabil box
Kumari

५ वर्षको करार अवधि कार्यन्वयनमा आउन नसक्ने अवस्था देखेपछि स्वास्थ्य मन्त्रालयले उनीहरूको करार अवधि दुई वर्षको बनाउने तयारी गरेको हो । 

Vianet communication
Laxmi Bank

कार्यविधिमा उनीहरूको करार सेवा अवधि ५ वर्षको छ, तर यो कार्यन्वयन हुन सक्ने अवस्था छैन,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसैले स्वास्थ्य मन्त्रालयले शुरूमा दुई वर्षको सेवा अवधि राखेर उनीहरूलाई खटाउने तयारी हुँदैछ ।’

जिल्ला अस्पतालमा खटाइने

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले विशेषज्ञकता हासिल गरेका चिकित्सकहरूलाई मन्त्रालयले विशेषज्ञ चिकित्सक नभएका जिल्ला तथा अञ्चल अस्पतालहरूमा खटाउने तयारी गरेको बताए । 

‘यो वर्षदेखि छात्रावृत्तिमा पढेका एक सयभन्दा बढी विशेषज्ञता हासिल गरेका चिकित्सकहरू पाउँदैछौं,’ डा. देवकोटाले लोकान्तरसँग भने, ‘विशेषज्ञता हासिल गरेका चिकित्सकहरूलाई विशेषज्ञ चिकित्सक नभएका जिल्ला अस्पताल तथा अञ्चल अस्पतालहरूमा खटाउने तयारी भइरहेको छ ।’

सरकारले करार सेवामा खटाउने चिकित्सकलाई आठौं तह सरहको तबल सुविधा दिने व्यवस्था छ ।

सरकारको छात्रावृत्तिमा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स), त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबा १ सय ८९ जनाले एमडी अध्ययन गरेका छन् । यस वर्ष न्याम्सका ७२ जना, आईओएमका ६३ जना र बीपी प्रतिष्ठान धरानका ५४ जनाले सरकारको छात्रावृत्तिमा मार्फत् अध्ययन गरेका हुन् । 

जसमा न्याम्सको रिजल्ट प्रकाशन भइसकेको छ भने, आईओएम र बीपी प्रतिष्ठान धरानको रिजल्ट आउन बाँकी रहेको छ । आईओएम र बीपी प्रतिष्ठानको परीक्षाफल पनि प्रकाशनको तयारीमा छ ।  

सरकारी छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकहरू हरेक वर्ष उत्पादन भइरहेमा जिल्ला अस्पतालहरूमा सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने डा. देवकोटाको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x