०१ असार २०८३, सोमबार

यी बालक हात टेकेर दिनदिनै तीन किलोमिटर परको स्कूल जान्छन् (भिडियो)

मंसिर २४, २०७५
यी बालक हात टेकेर दिनदिनै तीन किलोमिटर परको स्कूल जान्छन् (भिडियो)

काठमाडौं — इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा बस्ने आठ वर्षीय बालक अब्दुल खोलिस दिनदिनै हात टेकेर विद्यालय जाने गरेका छन् । 

अपांगता भएका अब्दुल तीन किलोमिटर परको स्कूलमा हात टेकेर जाने गरेका हुन् । उनी सुकाबुमीमा आफ्नो गरीब परिवारसँग बस्छन् । 

अब्दुलको गाउँबाट स्कूल पुग्नका लागि सडक पनि छैन अनि बस सेवा पनि छैन । हातमा चप्पल भिरेर उनी उबडखाबड पहाडको बाटो भएर स्कूल जाने गरेका हुन् । 

डिसेम्बर ३ मा उनी यसरी स्कूल जाने गरेको भिडियो सार्वजनिक भएपछि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उनीसँग भेटघाट गरे । 

अब्दुलका शिक्षकहरूका अनुसार, उनमा पढाइप्रतिको ठूलो इच्छाशक्ति रहेको छ । उनी विद्यालयका अन्य विद्यार्थीभन्दा बढी नै पढाइप्रति समर्पित छन् ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्