
इटहरी– इटहरीको खनारस्थित डोर म्याट लगायतका सामग्री उत्पादन गर्ने एक कम्पनीमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको हो ।
मंगलबार बिहान किरब साढे सात बजे लागेको आगो निभाउन इटहरी, बिराटनगर चोक, दुहबी, धरान लगायतका स्थानका दमकल प्रयोग परिचालन गरिएको छ । आगो निभाउन सात वटा दमकल प्रयोग गरिएको छ ।
आगो नियन्त्रणको प्रयासमा सशस्त्र, नेपाल प्रहरीको टोली पनि खटिएको छ । भानु अग्रवालको कम्पनीमा आगो लागेको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।