३१ असार २०८३, बुधबार

आन्दोलनरत शेयर लगानीकर्ताको मागमा नेकपाका नेताको ऐक्यवद्धता

मंसिर २७, २०७५
आन्दोलनरत शेयर लगानीकर्ताको मागमा नेकपाका नेताको ऐक्यवद्धता

काठमाडौँ– शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले ऐक्यबद्धता जनाएका छन् । 

नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । शेयर लगानीकर्ता विगत पाँच दिनदेखि नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि धर्नामा छन् । 

उनले भने, “कहाँकहाँ कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा हाम्रोतर्फबाट पहल हुन्छ । बजारको सुधार र विस्तारका लागि आवश्यक पहल हुन्छ ।” उनले शेयर लगानीकर्ताले शान्तिपूर्णरुपमा आफ्ना माग राखेको र बजार सुधारको आवाज उठाएको भन्दै यसभन्दा अगाडि बढेर अन्य विरोधका कार्यक्रम भने जरुरी नरहन सक्ने उल्लेख गरे । 

उनले समस्याको सम्बोधनका लागि संवाद र सहमति नै उत्तम विकल्प भएको भन्दै त्यसबाट नै निकास खोज्न आग्रह गरे । उनले लगानीकर्ताको मागलाई सरकारले उचितरुपमा सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे । बजार सुधारको माग राख्दै शेयर लगानीकर्ता विगत पाँच दिनदेखि स्टक परिसरमा धर्नामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्