२१ असार २०८३, आइतबार

राफेल सम्झौता विवादमा भारतीय जनता पार्टीलाई ठूलो राहत

मंसिर २८, २०७५
राफेल सम्झौता विवादमा भारतीय जनता पार्टीलाई ठूलो राहत

काठमाडौं — भारतमा विधानसभा निर्वाचन परिणामबाट स्तब्ध भारतीय जनता पार्टीमा विवादास्पद राफेल सम्झौतामा सर्वोच्च अदालतको फैसलापछि नयाँ ऊर्जा आएको छ । 

विपक्षी कंग्रेसले चुनावका बेलामा राफेल सम्झौतामा भ्रष्टाचार भएको भन्दै मुद्दा बनाएको थियो । तर सर्वोच्चबाट सफाइ पाएपछि भाजपा आक्रामक बनेको छ । 

शुक्रवार लोकसभा बैठकमा राफेलका विषयमा भयंकर हंगामा भयो र कंग्रेसविरुद्ध गृहमन्त्री राजनाथ सिंह आफैंले आक्रमण गरे । कंग्रेस अध्यक्ष राहुल गान्धीले राफेलका विषयमा सदनमा आएर माफी माग्नुपर्ने उनको भनाइ छ । 

राफेल सम्झौताका विषयमा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले दिएको फैसलालाई उद्धृत गर्दै राजनाथ सिंहले कंग्रेसको आलोचना गरे । 

उनले राजनीतिक फाइदाका लागि सरकारको बदनामी गर्ने कोशिश गरिएको बताए । 

लोकसभामा हंगामा भएपछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको छ । 

भाजपा अध्यक्ष अमित शाहले राफेलका विषयमा आएको फैसलाका सम्बन्धमा दिउँसो सबा १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । 

लोकसभामा प्रश्नकाल शुरू हुनेबित्तिकै विपक्षी सांसदहरूले राफेल लगायत अनेक मुद्दाको कुरा उठाएर वेलमै गएर नारा लगाए । विपक्षीहरूले हंगामा गरिरहँदा भाजपाका सांसदहरू पनि उठे अनि कंग्रेस र राहुल गान्धीविरुद्ध नारा
लगाउन थाले । 

सर्वोच्च अदालतको फैसलामा नरेन्द्र मोदी सरकारलाई ३६ वटा राफेल लडाकू विमान खरिदमा सफाइ दिएको छ । अर्बौं डलरको यो सम्झौता प्रक्रियामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको अदालतको फैसला रह्यो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्