
विराटनगर– विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटनमा हुँदा एक महिलाकाे मृत्यू भएको छ । एकजना पुरुष गम्भीर घाइते भएका छन् । बिहीवार बेलुकी जोगबनीबाट इटहरीतर्फ जाँदै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा को २८ प ३८५६ नम्बरको मोटरसाईल ठोक्किँदा मोटरसाईकलमा सवार २२ वर्षीया महिलाको ज्यान गएको हो ।
ज्यान जानेमा पथरी घर भएकी हिमा कार्की रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक हिमाका पति २६ बर्षिय मनोज कार्की भने गम्भिर घाईते भएका छन् । उनको हाल न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
जोगबनीबाट इटहरीतर्फ जाँदै गरेको ना ७ ख ४६२३ नम्बरको ट्याङकरमा मोटरसाईकल ठाेक्किँदा महिलाको घटनास्थलमा नै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिव पोखरेलले जानकारी दिए ।