
सुनसरी २३ फागुन - कोशीपूर्वका प्रदेश नम्बर दुईका जिल्लामा जानेबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेष बदलेका छन् । प्राय नेपाली मौलिक पोसाक दौरा–सुरुवाल लगाउने ओली सप्तरीमा प्रवेश गर्नुअघि मधेशी भेषमा देखिएका छन् ।
सेतो कुर्ता–सुरुवाल र ग्रे कलरको स्टकोट लगाएका ओलीले गम्छा भिरेका छन् । शनिवार झापाबाट शुरु भएको मेची–महाकाली अभियान सोमवारदेखि मध्यतराइको सप्तरी पुग्दैछ ।
एमालेको सभालाई लिएर सप्तरीमा मधेशी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।