१९ असार २०८३, शुक्रबार

खम्बुवान मुक्ति मोर्चाले बुझायो सरकारलाई हतियार

खम्बुवान मुक्ति मोर्चाले बुझायो सरकारलाई हतियार
सन्दर्भ तस्वीर

काठमाडौं–पूर्वी पहाडी जिल्लामा आठ वर्षदेखि संघर्षरत खम्बुवान मुक्ति मोर्चा संयुक्तले सरकारी वार्ता टोलीलाई आज हतियार बुझाएको छ ।
 
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरकारी वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई खम्बुवान मुक्ति मोर्चा संयुक्तका संयोजक डेविट खम्बुले पाँच थान भरुवा बन्दुक र एक थान पेस्तोल बुझाउँदै शान्तिपूर्ण राजनीतिमा फर्किएको घोषणा गरेका हुन् । 
 मोर्चाका तर्फबाट खम्बुसंगै प्रकाश रसाइली, जीवन रेग्मी र सुवास लिम्बुको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्