२२ असार २०८३, सोमबार
लोकान्तर स्टुडियोमा पार्वती रावल

निजगढ विमानस्थल निर्माणको बाटो सहज बनाइदिएका छौं : सभापति रावल [भिडियो अन्तर्वार्ता]

पुस ८, २०७५
निजगढ विमानस्थल निर्माणको बाटो सहज बनाइदिएका छौं : सभापति रावल [भिडियो अन्तर्वार्ता]

काठमाडौं –बारा जिल्लाको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना स्थलमा ठूलो संख्यामा रुख काट्न लागिएको भन्दै विरोध भइरहेको समयमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । 

संसदीय समितिले स्थानीयवासी, जनप्रतिनिधि र स्थलगत अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा बाहिर प्रचारमा आएजस्तो धेरै संख्यामा ठूला रुख काटनु नपर्ने निष्कर्ष निकालेको छ ।

यस्तै ठेकेदार कम्पनी भागेपछि अन्यौलमा परेको मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा समेत समितिले चासो र सरोकार राखेको छ । मेलम्ची आयोजनाको समेत स्थलगत अवलोकन गरिसकेको समितिले यसलाई पछिल्लो पटक तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

विशेष गरी राष्ट्रिय गौरवका आयोजना तथा तहगत राज्य संरचनाका विषयलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)सँग लोकान्तर शोका लागि सुशील पन्तले निजगढ विमानस्थल र मेलम्ची खानेपानी आयोजना तथा अन्य समसामयिक विषयमा कुराकानी गरेका छन् । 

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

salt training

कमेन्ट गर्नुहोस्