×

NMB BANK
NIC ASIA

मेलम्चीको ठेकेदार भाग्न खोज्दा राजधानीका सडक प्रभावित, लम्बिँदै धूलोको समस्या

पुस ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम सकिनै लाग्यो भनिएका बेला ठेकेदार भाग्न खोजेपछि काठमाडौं उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने काम समेत प्रभावित बनेको छ । 

Muktinath Bank

मेलम्चीको पानी काठमाडौं उपत्यकाका घर–घरमा पुर्‍याउनका लागि पाइप बिछ्याउन भन्दै खनिएका खाल्डाखुल्डी पुर्ने काम प्रभावित भएपछि अझै काठमाडौं उपत्यकाका उपभोक्ताले लामो समय धूलोधूवाँको अवस्था झेल्नुपर्ने देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्न जडान गरिएका धारामा पानी परीक्षण नगरीकन खाल्डाखुल्डी पुर्न नसकिने जानकारी दिएको छ । मेलम्चीको पानी आइपुगेपछि लिकेजहरू परीक्षण गरेर मात्रै सडक पुर्ने तथा कालोपत्रे गर्ने काम अघि बढाइने निर्देशनालयको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाभरी १३ सय किलोमिटर पाइप बिछ्याउनका लागि सडक खन्नुपर्ने थियो । त्यसमध्ये साढे ७ सय किलोमिटरमा पाइप बिछ्याइसकिएको छ । हालसम्म ७ सय किलोमिटर सडकमा पाइप बिछ्याएर कालोपत्रे गरिएको समेत निर्देशनालयले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

निर्देशनालयका सूचना अधिकारी दिवाकर ढकालले खनिएको सडकमात्रै विभिन्न ठाउँमा गरी करीब ५० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको र करीब ७ सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए ।

अन्य साढे २ सय किलोमिटर पाइप बिछ्याउनका लागि निर्देशनालयले टेन्डर प्रक्रिया अगाडि बढाउने तयारी गरेको तर ठेकेदार सिएमसीले मेलम्ची छाडेपछि उक्त प्रक्रिया रोकिएको उनले बताए ।

‘मेलम्चीको पानी आइपुगेपछि सिस्टम परीक्षण गरेर सडक निर्माण गर्ने योजना हो,’ उनले लोकान्तरसँग भने, ‘पाइप नै परीक्षण नगरी कसरी सडक मर्मतमा लाग्नु ?’

पाइप लिकेजको सम्भावना हुने भएकाले परीक्षण नगरीकनै सडक मर्मत गर्न नसकिने उनको भनाइ थियो । सडक मर्मत सकेपछि पाइप लिकेज भएमा फेरि सडक भत्काउनु पर्ने अवस्था आउने भन्दै परीक्षणपछि मात्रै सडक मर्मतको काम अघि बढाइने ढकालले बताए ।

निर्देशनालयका अनुसार विशालनगर–बालुवाटार खण्ड र स्वयम्भु–ताहचल खण्डको करीब ३ सय किलोमिटर सडक खन्ने कार्य अझै शुरू भएको छैन । उक्त खण्डमा पाइप बिछ्याउने काम पनि चालू ठेक्का मार्फत नै गर्ने भनिए पनि काम अन्योलमा रहेको हो । त्यसमाथि मेलम्चीको ठेकेदार भाग्न खाजेपछि झनै अन्योल सिर्जना भएको निर्देशनालयका अधिकारीहरू बताउँछन् ।

निर्देशनलयका अनुसार हालसम्म १ लाख २० हजार घरमा धारा जडान गर्ने कार्य सम्पन्न गरिएको छ । अझै करीब ७० हजार घरमा धारा जडान गर्ने कार्य बाँकी रहेको निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै सडक विभागले मेलम्ची खानेपानी परियोजना कार्यान्यन निर्देशनालयसँगकै सहकार्यमा सडक मर्मतको कार्य सँगसँगै भइरहेको जानकारी दिएको छ ।

विभागले मेलम्चीका लागि खनिएका खाल्डाखुल्डी भन्दा पनि सय वर्ष पुराना पाइपहरू लिकेज भएकाले सडकमा खाल्डाखुल्डी हुने गरेको प्रतिक्रिया दिएको छ । 

विभागका प्रवक्ता मुक्ति गौतमले काठमाडौंमा उपत्यकामा सय वर्ष पुराना पाइपहरूमार्फत पानी वितरण भइरहेको र ती पाइपहरू लिकेज हुँदा सडकमा खाल्डाखुल्डी पर्ने गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x