
काठमाडौं– लुटपाट गरिरहेको स्थानबाट प्रहरीले तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
शनिवार साँझ साढे सात बजे काठमाडौं जडिबुटीस्थित स्थित गणेश माया श्रेष्ठको घरमा हात हतियार सहित लुपाट गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वर प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले लुपाट गर्दे गरेको अवस्थामा ठुलो चाईनिज पेस्तोल थान १ एव १ राउण्ड गोली र खुकुरी थान १ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ्ग गल्छि घर भई हाल काजिकामनपा कंलकी वस्ने वर्ष ३३ को अर्जुन प्रसाद अधिकारी, धादिङ्ग गल्छि घर भई हाल काजिकामनपा कंलकी वस्ने वर्ष २५ को केदार प्रसाद अधिकारी, जिल्ला काभ्रे भुम्जु गा।पा ८ घे भई हाल काजिकामनपा चावहिल वस्ने वर्ष ३० को अन्जन उप्रेति रहेका छन् ।
अर्जुन यसअघि पनि सार्वजानिक अपराधमा २ पटक सजाय पाइसकेका व्यक्ति हुन् भने केदार नेपाल प्रहरीमा २ वर्ष सम्म जागिर खाई भागि पून नेपाल सेनामा ३ वर्ष जागिर खाई भागी विभिन्न अपराधिक गिरोहमा संलग्न भई काम गर्दे आईरहेको प्रहरीले जनाएको छ ।
अन्जन भने गुण्डा नाईके कुमार घईटेको सहयोगी भई अपराधिक क्रियाकलापमा सक्रिय भएका व्यक्ति हुन् । उनको साथबाट गोली लोड गरेरको अवस्थामा पेस्तोल फेला परेको महानगरिय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।