
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा सुरु गरेको छ ।
बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सुरु गरेको हो ।
बैंकले अनलाइन सेवा सुरु गरेसंगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने पारम्परिक परिस्थितिको न्युनिकरण हुने बैंकले जनाएको छ ।
देशभित्र र बाहिर रहेका सबै नेपालीले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने विश्वास बैंकले लिएको छ ।
यसबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्ने छन् ।
यसअघि बैंकले सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो सेयर र स्मर्ट बैंकिङ लगायतका सुविधाहरू प्रदान गर्दै आएको छ ।
नेपाली जनताको घर दैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकका करिव चार लाख ग्राहक रहेका बैंकले जानकारी दिएको छ ।
आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।