मुम्बई – बाहुबली २ का फ्यानका लागि खुशीको खबर । अब यो चलचित्रको टे«लर सार्वजनिक हुने भएको छ ।
स्रोतका अनुसार यस फिल्मको टे«लर लन्च १५ मार्चमा हुनेछ । भव्य इभेन्टको योजना गर्न लागिएको कार्यक्रममा फिल्मका कास्ट एण्ड क्रु पनि सामेल हुने जनाइएको छ ।

यद्यपि मेकर्सलाई आधिकारिक निमन्त्रणा अझै आइसकेको छैन । कार्यक्रममा प्रभास, तमन्ना, अनुष्का शेट्टी र राणा दग्गुबती सामेल हुनेछन् ।
निर्देशक एस.एस राजमौलीले खास इभेन्ट गरेर ट्रेलर लन्च गर्ने पहिले पनि बताएका थिए ।