३१ असार २०८३, बुधबार

डा. केसी अनशनरत रहँदा चिकित्सा शिक्षा विधेयक संसद्‍मा पेश

डा. केसी अनशनरत रहँदा चिकित्सा शिक्षा विधेयक संसद्‍मा पेश

काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहितको प्रतिवेदन संसद्‍मा पेश भएको छ ।

समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधि सभाको आइतवारको बैठकमा विधेयक पेश गरेकी हुन् । 

यसअघि प्रतिनिधिसभाको भदै १३ गते बसेको प्रतिनिधिसभा बैठकले प्राप्त संशोसनसहित विधेयकमाथि दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

समितिले असोज ११ गते उपसमिति गठन गरी छलफल शुरू गरेको थियो । तर उपसमितिको छलफलमा डा. केसीको सम्झौता विपरीत भएको भन्दै प्रतिपक्षी दल कांग्रेसका युवा नेता तथा समिति सदस्य गगन थापाले विरोध गरेका थिए । 

विधेयकमा सहमति जुट्न नसकेपछि उपसमितिले पुस ९ गते बहुमतका आधारमा विधेयक पारित गरी समितिमा पठाएको थियो ।

उक्त विधेयक प्रतिवेदन समितिले पुस २५ गते बहुमतले पारित गरेको थियो ।  विधेयक प्रतिवेदन समितिबाट पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रको सुधारका अभियान्ता डा. गोविन्द केसीले १६औं अनशन समेत थालेका छन् ।

पाँच दिनदेखि अनशनरत केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्