३० जेठ २०८३, शनिबार

मोर्चा कार्यकताद्वारा मोहना अन्सारीको गाडी तोडफोड

कात्तिक २०, २०७४
मोर्चा कार्यकताद्वारा मोहना अन्सारीको गाडी तोडफोड
काठमाडौं, २६ फागुन–राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको गाडी सप्तरीमा तोडफोड भएको छ ।

अन्सारी चढेको बा ७ च ७४७९ नम्बरको गाडी मार्चाका कार्यकर्ता तथा पीडितका आफन्तले ढुंगामुढा गरेका हुन् ।

सोमबार एमालेको मेची–महाकाली अभियान विथोल्न खोज्ने ४ जना मोर्चाका कार्यकता प्रहरीको गोलीले मारिएपछि अनुगमनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि पीडितका आफन्तले आक्रमण गरेको आयोगको विराटनगर क्षेत्रिय प्रमुख झंकरबहादुर रावलले लोकान्तरलाई जानकारी दिए ।

मोर्चाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले सुरक्षा दिएको थियो ।

त्यस्तै सप्तरीमा मधेशी मोर्चाका कार्यकर्ताले भूमिसुधार कार्यालयको भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवनमा सामान्य क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्