२५ जेठ २०८३, सोमबार

कांग्रेसका पूर्वसभापति नेकपामा प्रवेश, ओली र प्रचण्डले गरे स्वागत

कांग्रेसका पूर्वसभापति नेकपामा प्रवेश, ओली र प्रचण्डले गरे स्वागत

काठमाडौं – नेपाली कांग्रेस चितवनका पूर्वसभापति तीर्थ भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

भुसाललाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माला लगाएर स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै भुसालले कम्युनिस्ट पार्टीबाट मात्रै देश निर्माण हुनसक्ने भएकाले आफू कांग्रेस पार्टी छाडेर माओवादीमा प्रवेश गरेको बताए । भुसाल प्रचण्डको निर्वाचन क्षेत्रका वासिन्दा हुन् ।

नेपाली कांग्रेसले स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवार नबनाएर कहिले माओवादी त कहिले राप्रपामा भोट हाल्न लगाएको भनेर असन्तुष्ट थिए । 

salt training

कमेन्ट गर्नुहोस्