
काठमाडौं–डा। गोविन्द केसीमा निमोनियाको समस्यासँगै अक्सिजन र सेतो रक्तकोषिका (डब्लुबिसी) को कमी देखिएको चिकित्सकहरूले बताएका छन् ।
शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियूमा राखिएका केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण छ, जसको उपचारका लागि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको उपचारमा संलग्न डाक्टरले बताए ।
केसीको रगतमा अक्सिजनको मात्रा घटेको छ । चिकित्सक टोलीले अक्सिजन दिने प्रयास गरे पनि केसीले मानेका छैनन् । डब्लुबिसीको मात्रा निकै घटेकाले निमोनियाको संक्रमण फैलिने खतरा रहेको डाक्टरले बताए । नयाँ पत्रिका दैनिकको आइतबारको अंकमा यो खबर छापिएको छ ।