०२ साउन २०८३, शनिबार

नक्कली सवारी चालक अनुमति पत्रदेखि नागरिकतासम्म वनाउने प्रहरीको फन्दामा

नक्कली सवारी चालक अनुमति पत्रदेखि नागरिकतासम्म वनाउने प्रहरीको फन्दामा

काठमाडाैं- प्रहरीले राजधानीकाे  तारकेश्वर  नगरपालिका ११ स्थित मनमैजुमा रहेको उग्रचण्डी साईवरका सञ्चालकलाई पक्राउ गरेको छ । 
 नक्कली डकुमेन्टहरु बनाइने गरेको विशेष सूचनाको आदारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएकोविशेष टोलीले  काभ्रे घर भई हाल  तारकेश्वर  मै बस्दै आएका  विपुन श्रेष्ठलाई पक्राउ गरेको हो । 

उनले  सक्कली सर्टिफिकेट सवारी अनुमति पत्र, नागरीकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका लागी उपलव्ध गराउने गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

साइबरबाट प्रहरीले नक्कली सर्टीफिकेट लगायतका नक्कली डकुमेन्ट वनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र  तयारी अवस्थामा रहेको नक्कली डकुमेन्टहरु वरामद गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्