२३ जेठ २०८३, शनिबार

‘मेरी बूढी नुहाउँदै नुहाउँदिन, डिभोर्स चाहियो’

‘मेरी बूढी नुहाउँदै नुहाउँदिन, डिभोर्स चाहियो’

काठमाडौं — भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । 

पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धँुदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन । पतिले जति सम्झाएपनि पत्नीले कुरा नसुनेपछि कुटपिट गरेर घरबाट निकाले । 

पीडित पत्नीले महिला आयोगमा उजुरी दिएपछि वैवाहिक सम्बन्धमा सरसफाइको मुद्दा पहिलोपटक आयोगसमक्ष आयो । 

आयोगले नोटिस पठाएपछि मंगलवार पति आयोग पुगेर पत्नीको शरीरबाट दुर्गन्ध आउने कुरा सुनाए । 

पतिले भने, ‘ऊ लामो समयसम्म नुहाउँदिन र ननुहाएकाले उसको कपालमा जुम्रा परेको छ । नुहाउनका लागि श्याम्पू दिँदा ऊ त्यसले बर्को धोइदिन्छे । अनि ऊ घरको कामकाज पनि गर्दिन ।’

यो जोडीको बिहे एक वर्षअघि भएको हो । बिहेपछि पत्नी फोहरी बस्ने गदौ पति चिन्तित थिए । त्यसैले गर्दा उनीहरूबीच प्रायः झगडा र कुटपिट हुन्थ्यो । 

पतिले भ्रममा पारेर बिहे गरिएको आरोप लगाए । 

पत्नीका अनुसार, उनी माइतमा यसरी नै ननुहाइकन बस्थिन् ।

महिला आयोगले दुवै पक्षको कुरा सुनेर उनीहरूलाई विवाद समाधान गर्नका लागि एक महिनाको समय दिएको छ । त्यसपछि पनि सुधार नआएमा अर्को कारवाही गरिने आयोगको भनाइ छ ।

एजेन्सी
 

 

salt training

कमेन्ट गर्नुहोस्