२१ असार २०८३, आइतबार

५० हजार घुससहित मालपोतका खरिदार अख्तियारको फन्दामा

५० हजार घुससहित मालपोतका खरिदार अख्तियारको फन्दामा

काठमाडौं–भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगन्ज बाँकेमा कार्यरत खरिदार संजय कुमार ठाकुर ५० हजार घुससहित पक्राउ परेका छन् । 

जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय नेपालगंज कार्यालयबाट  खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 
 
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले  घुसबापतको रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट  नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्