
काठमाडौं -बजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ चुथीको जंगलमा चरनमा लगिएका ५२ वटा भेडा चट्याङ लागेर मरेका छन् ।
जिल्लाको बूढीनन्दा नगरपालिका वडा नम्बर ४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा चरणमा लगेका बेला मंगलवार साँझ चट्याङ लागेर मरेका हुन् ।
चट्याङ लागेर मरेका भेडाहरू त्यसपछि परेको हिउँमा पुरिएको अवस्थमा भेटिएका छन् ।
तस्वीर : रासस

