१० साउन २०८३, आइतबार

नेपालले विश्वबैंकको थप ३ सय ९ कित्ता सेयर खरिद गर्ने

नेपालले विश्वबैंकको थप ३ सय ९ कित्ता सेयर खरिद गर्ने

काठमाडौं– नेपाल सरकारले विश्बैंक समुह अन्तरगत अन्तर्राष्ट्रिय निर्माण तथा विकास बैंकको थप ३ सय ९ कित्ता सेयर खरिद गर्ने भएको छ ।

यसअघि १४ सय ५ कित्ता सेयर खरिद गरिसकेको सरकारले थप ३ सय ९ कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले गत माघ ३ गते बसेको मन्त्रीपरिषदले सो निर्णय गरेको जानकारी दिए ।

विश्वबैंको थप सेयर खरिद गरी १७ सय १४ कित्ता सेयर पु¥याउँदा विश्वबैंकमा नेपालको हकअधिकार कायम रहने बास्कोटाको भनाई थियो ।

त्यस्तै सोही मन्त्री परिषदको बैठकले २० लाख युरो अनुदान रकम स्वीकार गर्ने निर्णय समेत गरेको बास्कोटाले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्