
धनुषा - धनुषाबाट उदयपुर जाँदै गरेको जन्ती बोकेको बस लत्रेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्दारका लागि प्रहरी निरीक्षक भीम खड्काको टोलीले बताएअनुसार ५ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
'हाइ टेन्सनको बिजुलीको तार लत्रिरहेको थियो, बस त्यसमा छोइयो र करेन्ट लाग्यो,' प्रहरी निरीक्षक खड्काले भने, 'त्यस लगत्तै हामी पुग्यौं, घाइतेहरूलाई तत्काल जनकपुर अंचल अस्पताल लाग्यौं ।' घाइतेको संख्या एकिन नभएको खड्काले बताए । घाइतेमध्ये केही गम्भीर घाइते भएको हुनसक्ने खड्काको भनाइ छ ।
सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर ना ५ ख १७५२ नम्बरको बस पुनः दुधौलीतर्फ फर्किंदा बाटोमा दुर्घटना भएको हो । बाटोमा ११ हजार भोल्टेजको हाइ टेन्सन लाइनमा छोइएको थियो । खड्काका अनुसार जन्ती बोकेर गइरहेका २ बसमध्ये पहिलो बसले लत्रेको तार नछोई गएको थियो भने दोस्रो दुर्घटना भएको थियो ।
सिन्धुलीको दुधौलीबाट धनुषा जन्ती लिएर आएको र पुनः दुधौलीतिर फर्कदै गर्दा ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस हाइ भोल्टेज लाइनसँग ठोकिँदा सो दुर्घटना भएको हो । बसमा सवार ६ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।