२२ असार २०८३, सोमबार

वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्यो, कम्तिमा १५ जनाको मृत्य

माघ १३, २०७५
वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्यो, कम्तिमा १५ जनाको मृत्य

पेरु– करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले पुर्दा कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । 

घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका बताइएको छ । 

“होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ । 

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्