
काठमाडौं - नेपाल र यूएईबीचको टी-ट्वान्टी क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेल वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ ।
आइतवार बिहानैदेखि दुबईमा वर्षासँगै हावाहुरी चलेकाले नेपाली समयअनुसार दिउँसो सवा दुई बजे हुनुपर्ने टस समेत हुन सकेको छैन । खेल दिउँसो पौने ३ बजेबाट शुरू हुने पूर्वनिर्धारित तालिका थियो ।
श्रृंखलामा यसअघि दुवै टोलीले १-१ खेल जितेका छन् । पहिलो खेल यूएईले २१ रन तथा दोस्रो खेल नेपालले ४ विकेटले जितेका थिए ।
त्यसअघि भएको एकदिवसीय क्रिकेट श्रृंखला भने नेपालले जितेको थियो । पहिलो खेल हारेको नेपालले त्यसपछिका लगातार दुई खेल जित्दै खला २-१ ले आफ्नो नाममा लेखाएको थियो ।
आजको खेल हुन सकेमा जित्ने टोलीले श्रृंखला आफ्नो नाममा लेखाउने छ, अन्यथा बराबरीमा टुंगिने छ ।