२८ जेठ २०८३, बिहीबार

रूपन्देहीमा खाद्य मेला हुने

माघ २४, २०७५
रूपन्देहीमा खाद्य मेला हुने

बुटवल – स्थानीय साना घरेलु कृषिजन्य खाद्य उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो फागुनमा रूपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले फागुन ३ गतेदेखि ५ गतेसम्म ३ दिन देवदह मण्डपमा खाद्य मेला गर्न लागेको हो ।

कार्यालयले बिहीवार बुटवलमा पत्रकार सम्मेलन गरी खाद्य मेलामा निःशुल्कको अवलोकन र निःशुल्क स्टल राख्ने व्यवस्था समेत मिलाइएको जानकारी दिएको छ । 

मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिने कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राईले जानकारी दिए । खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी एवम् बिक्रीसमेत गरिने छ । 

मेला ७० वटा स्टल राखिने आयोजकको लक्ष्य छ । मेलामा विभिन्न जाति, जनजातिका परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत गरिने छ । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारासहित मेला आयोजन गरिएको हो,’ राईले भने ।

कार्यालयले यसअघि भैरहवा, लम्मजुङ, नवलपरासीको गैडाकोटमा समेत मेला गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्