०३ असार २०८३, बुधबार

आत्महत्याको डरलाग्दो दृश्य, सात बालबालिकाले रोजे मृत्युको बाटो

माघ २६, २०७५
आत्महत्याको डरलाग्दो दृश्य, सात बालबालिकाले रोजे मृत्युको बाटो

झापा ।  गत ८ पुसमा झापा अर्जुनधारा नगरपालिका–३ की १० वर्षीया बालिका घरमै पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परिन् । त्यसको चार दिनअघि कन्काई नगरपालिका–२ मा भुजेल थरकी १२ वर्षीया बालिका पनि त्यस्तै अवस्थामा फेला परिन् । यी घटना सेलाउन नपाउँदै कन्काई नगरपालिका–२ मा १४ वर्षीय बालक पनि पासो लगाएर झुन्डिएको अवस्थामा नै मृत फेला परे ।

१४ वर्ष मुनिका प्रायः सबैले आफ्नै घरमा कपडाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा पुस महिनामा मात्र ४२ जनाले आत्महत्या गरेको तथ्यांक छ । तीमध्ये सात जना बालबालिका छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ बालबालिकाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सोच्दै नसोचिने सामान्य विषयका कारण एक साताभित्रै सात बालबालिकाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्